Spotify मानव सिर्जनशीलतालाई महत्त्व दिन्छ र यो आफ्नो प्लेटफर्म लाखौँ कलाकार र अरबौँ श्रोतालगायत सबै मान्छेहरूले प्रयोग गर्न मिल्ने बनाउन सदैव तत्पर रहन्छ। हामी विज्ञहरूबाट सिकेर र सर्वसुलभतामा व्यक्तिगत अनुभव भएका मानिसहरूलाई रोजगारी दिएर मान्छेहरूले हरेक पटक हाम्रा उत्पादनहरू प्रयोग गर्दा हाम्रा उत्पादनहरू समावेशी होऊन् भन्नाका निम्ति भरपूर प्रयास गर्छौँ। हामी सबै जनालाई सँगै मिलेर सिर्जना गर्न, नयाँ नयाँ कुरा खोज्न र प्रेरणा प्राप्त गर्नका निम्ति सशक्त बनाउन चाहन्छौँ।
खाताको एक्सेस, भुक्तानी र प्राविधिक समस्याहरू जस्ता कुनै पनि कुराका बारेमा सोधपुछका लागि हाम्रो ग्राहक सेवाको साइट वा पेजमा जानुहोस् वा ग्राहक सहायता विभागलाई सम्पर्क गर्नुहोस्।
हामी निम्नमध्ये कुनै क्षेत्रमा कठिनाइ झेलिरहेका हुन सक्ने व्यक्तिहरूबाट सर्वसुलभतासम्बन्धी प्रतिक्रिया सङ्कलन गर्न प्रतिबद्ध छौँ:
बेनामी प्रतिक्रिया पेस गर्न इमेल फिल्ड खाली छोड्नुहोस् र फारमका अन्य भागहरूमा तपाईंलाई पहिचान गर्न सक्ने कुनै पनि विवरण उपलब्ध नगराउनुहोस्।
कृपया तपाईंको प्रतिक्रिसँग सान्दर्भिक आफ्नो शारीरिक अपाङ्गताका विवरणहरू मात्र उपलब्ध गराउनुहोस्।
सर्वसुलभतासम्बन्धी प्रतिक्रिया प्राप्त गर्नका लागि नियुक्त गरिएका अधिकारी: सर्वसुलभता टोलीका कार्यक्रम प्रबन्धक।