सुरक्षा र गोपनीयता केन्द्र

सामम्रीसम्बन्धी कारबाहीहरू

सामग्रीविरुद्ध के-कस्ता कारबाही गर्न सकिन्छ?

प्लेटफर्मका नियमहरू, प्रचलित कानूनहरूको उल्लङ्घन गर्ने वा संवेदनशील विषयहरू समावेश गरिएका हुन सक्ने सामग्रीका विरुद्ध Spotify ले विभिन्न प्रकारका कारबाहीहरू गर्न सक्छ। यी कारबाहीहरू यस प्रकार छन्: सामग्री हटाउने, सामग्री भेटिने क्षमता सीमित पार्ने, समग्री मनिटाइज गरिने क्षमता सीमित पार्ने वा सामग्रीसम्बन्धी चेतावनीको लेबल लगाउने वा यी सबै कारबाही गर्ने।

हामी कुन कारबाही गर्ने भन्ने कुरा निर्धारण गर्न हाम्रो समीक्षा प्रक्रियाअन्तर्गत कुनै निश्चित विषय वा हालको घटाना पछाडिको सन्दर्भ र उल्लङ्गनको गम्भीरता र/वा उल्लङ्घनको सङ्ख्या जस्ता विभिन्न कारकहरूको विचार गर्छौँ। प्रयोगकर्ताले गर्ने रिपोर्टहरूलगायत कुन सामग्रीविरुद्ध कारबाही गरिनु पर्छ भन्ने कुरा पत्ता लगाउन मद्दत गर्न हामी विभिन्न प्रकारको एल्गोरिदमिक र मानव पत्ता लगाउने उपायहरू प्रयोग गर्छौँ। उही सामग्री वा प्रयोगकर्ताप्रति लक्षित गरी रिपोर्ट गर्ने कार्यलगायत यो प्रक्रियाको दुरुपयोग गरियो भने भविष्यमा अनुरोधहरू पेस गर्ने तपाईंको क्षमता सीमित पारिन सक्छ भन्ने कुरा बुझ्दछु।

सामग्री हटाउने

सामग्रीले हाम्रो प्लेटफर्मका नियमहरूको उल्लङ्घन गर्छ भने यसलाई Spotify बाट हटाइन सक्छ।

खाता हटाउने

प्लेटफर्मका नियमहरू को बारम्बार वा गम्भीर उल्लङ्घन वा दुवै गरियो भने खाता निलम्बन वा बन्द वा दुवै गरिन सक्छ। यसमा क्रिएटरको स्वामित्वमा रहेका हुन सक्ने सबै सम्बन्धित र सम्बद्ध Spotify खाताहरू समावेश हुन सक्छन्।

सामग्री भेटिने क्षमता सीमित पार्ने

कुनै सामग्री हाम्रा प्लेटफर्मका नियमहरू अनुरूप नरहेको तर हटाइहाल्नु नपर्ने सामग्रीका हकमा हामी उक्त सामग्री भेटिने क्षमता सीमित पार्ने कदमहरू चाल्न सक्छौँ। उक्त सामग्री Spotify मा उपलब्ध रहने भए तापनि यसमाथि निम्न कारबाही गरिन सक्छ:

  • प्लेटफर्ममा गरिने प्रवर्धनका लागि अयोग्य ठहर गर्ने;
  • सिफारिसहरूमा कमै मात्र देखाउने;
  • खोज परिणामहरूमा वरीयता क्रम कम गर्ने वा
  • Spotify उत्पादनका केही सुविधाहरूबाट हटाइने ।

निर्वाचन, हिंसात्मक द्वन्द वा ठुला प्रकोपहरू जस्ता अत्यन्तै जोखिमपूर्ण समयमा अनलाइनमा उपलब्ध हानिकारक सामग्रीले प्रायः ठुलो खतरा निम्त्याउने गर्दछन्। यस्तो परिस्थिति पहिचान गरेर Spotify ले यस्ता घटनाहरू घटेका समयमा निश्चित प्रकारका सामग्री हेर्न प्रतिबन्ध लगाउने र/वा समयमै र विश्वसनीय स्रोतहरू हाइलाइट गर्ने जस्ता थप कदमहरू चाल्न सक्छ।

Spotify को सामग्री मनिटाइज गर्ने सुविधाबाट बन्देज लाउने

सबै सामग्री Spotify को सामग्री मनिटाइज गर्ने सुविधा प्रयोग गर्न पाउँदैनन्। तपाईंले मनिटाइज गर्न चाहेको सामग्रीले प्लेटफर्मका नियमहरूका साथै हाम्रा मनिटाइजेनसम्बन्धी नीतिहरूको उल्लङ्घन गरेको छ कि छ भन्ने कुराको पनि समीक्षा गरिने छ।

सामग्रीमा चेतावनी समावेश गर्ने

कुनै विषयका बारेमा थप सन्दर्भ चाहिएका अवस्थाहरूमा, सामग्रीमा चेतावनीको लेबल लगाइन र/वा प्रयोगकर्ताहरूलाई समयमै अनि विश्वसनीय स्रोतहरूको लिंक प्रदान गरिन सक्छ वा यी दुवै कार्य गरिन सक्छ।

कुनै खास देश वा क्षेत्रमा सामग्रीमाथि प्रतिबन्ध लगाउने

Spotify एक विश्वव्यापी समुदाय हो र यसले आफ्नो सेवा सञ्चालन गर्ने देशहरूको कानुनलाई सम्मान गर्छ। प्रयोगकर्ताले अनिवार्य रूपमा प्रचलित कानुन र नियमहरूको पालना गर्नु पर्छ। हाम्रो प्लेटफर्मका नियमहरू उल्लङ्घन नगर्ने सामग्रीले कुनै खास देश वा क्षेत्रका स्थानीय कानुनहरूको उल्लङ्घन गरेको पाइएमा ती देश वा क्षेत्रहरूमा भने उक्त सामग्रीमाथि प्रतिबन्ध लगाइन सक्छ।

अपिलहरू

हामी हाम्रा अपिल गर्ने विधि तथा विकल्पहरू विस्तार गर्दै जाने छौँ र प्रक्रिया ठाउँअनुसार फरक हुन सक्छ।

तपाईं युरोपेली सङ्घको कुनै देशमा बस्नुहुन्छ र तपाईं आफ्नो सामग्री वा तपाईंको रिपोर्टको प्रतिक्रिया गरिएको कारबाहीप्रति सहमत हुनुहुन्न भने कृपया आगामी चरणहरू पूरा गर्नका लागि Spotify ले पठाएको सूचना जाँच्नुहोस्।