सुरक्षा र गोपनीयता केन्द्र

Spotify मा सिफारिसहरूसम्बन्धी के कस्तो व्यवस्था छ बुझ्ने

Spotify सम्बन्धी सिफारिसहरूले कसरी काम गर्छन्?

हामी Spotify मा हरेक प्रयोगकर्ताका लागि उत्कृष्ट र अद्वितीय अनुभवहरू सिर्जना गर्ने लक्ष्य राख्छौँ। हाम्रो लक्ष्य भनेको सबैलाई आफूले मन पर्ने कुरासँग जोड्नु र उहाँहरूलाई केही नयाँ कुरा पत्ता लगाउन मद्दत गर्नु हो। सबै श्रोताहरूको रूचि समान नहुने भएकाले सबैको Spotify अनुभव र हाम्रा थुप्रै सिफारिसहरू पर्सनलाइज गरिएका हुन्छन्। मान्छेहरूलाई Spotify का बारेमा के कुरा मन पर्छ भनेर सोध्दा अधिकांश श्रोताहरूले हाम्रो पर्सनलाइजेसन सुविधालाई आफूलाई सबैभन्दा मन पर्ने सुविधा भनेका छन्। हामी होम फिड, प्लेलिस्ट, खोज परिणाम वा सेवाका अन्य भागहरूमा यी सिफारिसहरू कसरी सिर्जना गर्छौँ भनेर तपाईंलाई अचम्म लाग्न सक्छ र हामी ती सिफारिसहरूले कसरी काम गर्छन् भन्ने कुरा बुझाउन मद्दत गर्न चाहन्छौँ।

Spotify मा सान्दर्भिक सिफारिसहरू उपलब्ध गराउन मान्छे र प्रविधि मिलेर काम गर्छन्। केही सिफारिसहरू सम्पादकीय छनौटमा आधारित हुन्छन्, जस्तै, सङ्गीत सम्पादकहरूले सिर्जना गरेको प्लेलिस्ट। अन्य सिफारिसहरू प्रत्येक श्रोताहरूको अनुपम स्वादअनुसार बनाइएका हुन्छन्। जस्तै, हाम्रो विशेषज्ञले डिजाइन गरेका एल्गोरिदमहरूले सञ्चालन गर्ने एक व्यक्तिगत प्लेलिस्ट।

हाम्रो विचारमा सिफारिसहरू तपाईंलाई क्लिक गर्न अप्टिमाइज गर्नु उद्देश्यले मात्र तयार पारिनु हुँदैन तर तपाईंको रुचिअनुसार विकसित हुनु पर्छ। हामीसँग तपाईंका सिफारिसहरूले प्रत्यक्ष रूपमा संलग्नता गर्ने कार्य र अर्थपूर्ण तरिकाले दर्शकहरूसँग जोडिन मद्दत गर्ने खालका समर्पित टोलीहरू उपलब्ध छन्। हामी तपाईंलाई सान्दर्भिक र रमाइला खालका सामग्री देखाउँदै छौँ भन्ने कुरा सुनिश्चित गर्न सधैँ हाम्रा सिफारिससम्बन्धी सिस्टमहरूको गुणस्तर सुधार्न कार्य गरिरहेका हुन्छौँ।

सम्पादकीय छनौट

Spotify का सम्पादकहरू विश्वभरका फ्यानहरूसँग जोडिन डेटासम्बन्धी विश्लेषणात्मक जानकारी प्रयोग गर्ने, ताजा जानकारीका बारेमा जानकार रहने र सांस्कृतिक प्रवृतिहरूका बारेमा बुझ्ने गर्छन्। उनीहरू Spotify मा सामग्रीका बारेमा सिफारिस गर्न सम्पादकीय प्लेलिस्ट जस्ता उपयोगी टुल प्रयोग गर्छन्। Spotify का विश्वभरका सम्पादकहरूसँग स्थानीय सङ्गीत तथा संस्कृतिका बारेमा व्यापक ज्ञान हुन्छ। यसैका मद्दतले उनीहरू श्रोताहरूका लागि उपयुक्त सुविधा उपलब्ध गराउन प्रोग्रामिङसम्बन्धी निर्णय लिन्छन्।

पर्सनलाइज गरिएका सिफारिसहरू

Spotify ले हरेक प्रयोगकर्तासँग सम्बन्धित, अद्वितीय र खास एल्गोरिदमिक सिफारिसहरू प्रदान गर्छ। हाम्रा एल्गोरिदमहरूले Spotify अनुभवमा हरेक श्रोताहरूको सामग्री चयन र क्रमबद्ध गर्छन्, जसमा खोज, होम, व्यक्तिगत प्लेलिस्टहरू समावेश छन्।

यी सिफारिसहरू तयार पार्न हाम्रा एल्गोरिदमहरू थुप्रै कुराहरूमा भर पर्छन्। यी इनपुटहरूको महत्त्व तपाईंले गर्ने Google को व्यक्तिगत प्रयोगका आधारमा समयसँगै फरक पर्न सक्छन्। हामीलाई प्रयोगकर्तासम्बन्धी उत्कृष्ट समग्र अनुभव प्रदान गर्ने प्रयोजनमा तपाईंको रुचिले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ। तपाईं तल गई सबैभन्दा महत्त्वपूर्ण इनपुट र तिनीहरूले कसरी काम गर्छन् भन्ने बारेमा थप विवरणहरू भेट्टाउनु हुने छ।

तपाईंको "रुचिअनुसारको प्रोफाइल"

तपाईं Spotify मा अन्तर्क्रिया गर्दा गर्ने खोज, सुन्ने कार्य, स्किप गर्ने कार्य वा आफ्नो लाइब्रेरीमा सेभ गर्ने जस्ता कार्यहरूका आधारमा हामीले गर्ने तपाईंको रुचिको विश्लेषणलाई प्रभाव पार्छन्। हामी यसलाई तपाईंको "रुचिअनुसारको प्रोफाइल" भन्छौँ र यसले हाम्रा एल्गोरिदमहरूलाई तपाईं केमा रुचि राख्नुहुन्छ र आफूलाई रुचि लाग्ने सामग्री कसरी सुन्न चाहनुहुन्छ भन्ने कुराको सङ्केत दिन्छ।

  • उदाहरण: तपाईं कुनै कलाकारका गीत सुन्नुहुन्छ भने हामी तपाईंलाई उक्त कलाकारका थप गीतहरू सिफारिस गर्न सक्छौँ।
  • उदाहरण: हाम्रो Release Radar प्लेलिस्टले तपाईंले पहिला सुनेका गीतका आधारमा तपाईं यी गीतको मजा लिन सक्नुहुन्छ भन्ने लागेका पछिल्ला रिलिजहरू सिफारिस गर्छ।
  • उदाहरण: तपाईं खेलसम्बन्धी पोडकास्ट सुन्नुहुन्छ भने हामी तपाईंलाई खेलसम्बन्धी अन्य पोडकास्ट सिफारिस गर्न सक्छौँ।

तपाईंले हामीसँग सेयर गर्ने जानकारी

सिफारिसहरू तपाईंले Spotify मा सेयर गरेका सामान्य ठेगाना (वास्तविक ठेगाना होइन), तपाईंको भाषा, तपाईंको उमेर र तपाईंले फलो गरेका व्यक्तिहरू जस्ता जानकारीमा पनि आधारित हुन्छन्। यसले हाम्रा एल्गोरिदमहरूलाई तपाईं कुन विषयमा रुचि राख्नुहुन्छ वा कुन कलाकारका सामग्री सुन्न चाहनुहुन्छ भन्ने बारेमा सङ्केत दिन्छ।

  • उदाहरण: तपाईं कुनै निश्चित पोडकास्ट फलो गर्नुहुन्छ भने हामी उक्त पोडकास्टको कुनै भाग सिफारिस गर्न सक्छौँ।
  • उदाहरण: तपाईंले Spotify मा आफ्नो भाषाका रूपमा जर्मन रोज्नुहुन्छ भने हामी जर्मन-भाषी पोडकास्टहरू सिफारिस गर्न सक्छौँ।

सामग्रीका बारेमा जानकारी

हाम्रा एल्गोरिदमहरूले सामग्रीको विधा, रिलिज गरिएको मिति, पोडकास्टको कोटीलगायतका सामग्रीका विशेषताहरूलाई ध्यान दिन्छन्। यसले हामीलाई कुन सामग्रीमा एउटै खालका विशेषताहरू छन् र एउटै खालका श्रोताहरूले आनन्द लिन सक्छन् भनेर पहिचान गर्न मद्दत पुऱ्याउँछ।

  • उदाहरण: तपाईं धेरै पप सङ्गीत सुन्नुहुन्छ भने हामी यस्तै खालका अन्य पप गीतहरू सिफारिस गर्न सक्छौँ।
  • उदाहरण: तपाईंले अपराधसम्बन्धी थुप्रै अडियोबुकहरू सुन्नुभयो भने हामी हिंसासम्बन्धी अन्य अडियोबुकहरू सिफारिस गर्न सक्छौँ।

श्रोताको सुरक्षा

प्लेटफर्मका रूपमा हामी क्रिएटर, श्रोता र समुदायहरूमा रहेको हाम्रो प्रभावका बारेमा मूल्याङ्कन गर्छौँ। Spotify ले हानिकारक सामग्री बनाउने कुराबाट बच्ने उपायसहित उपयुक्त सुरक्षा उपाय र प्रक्रियाहरू अपनाइएका छन् भन्ने कुराको सुनिश्चित गर्न काम गर्छ। हामी एल्गोरिदमको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ र नीति,उत्पादन र अनुसन्धान टोलीहरूका बिचमा सहकार्य गर्नुका साथै Spotify को सुरक्षा सल्लाहकार परिषद जस्ता बाह्य विशेषज्ञहरूसँग परामर्श गर्छौँ।

Spotify को प्लेटफर्मका नियमहरू सिफारिस गरिएका सामग्रीसहित प्लेटफर्मका सबै सामग्रीमा लागू हुन्छन्। यी नियमहरू बाह्य विशेषज्ञहरूको विस्तृत श्रृङ्खलाबाट इनपुट लिएर आन्तरिक टोलीहरूमार्फत तयार पारिएका हुन्। हामी उल्लङ्घन गर्ने सम्भावित सामग्रीको बारेमा सचेत हुन्छौँ र उक्त सामग्री हाम्रा नीतिबमोजिम छ कि छैन भन्ने कुराको समीक्षा गर्छौँ र उपयुक्त कारबाही गर्छौँ। यी कारबाहीहरूमा उल्लङ्घन गर्ने सामग्रीलाई सिफारिस गर्न प्रतिबन्ध लगाउने जस्तो कारबाही समावेश हुन्छ।

तपाईंलाई गरिने सिफारिसहरू कुन कुरामा आधारित हुन्छन् भन्ने कुरालाई तपाईं कसरी प्रभाव पार्न सक्नुहुन्छ?

तपाईंलाई गरिने सिफारिसहरू तपाईंले Google मा अन्तर्क्रिया गर्ने सामग्रीअनुसार निरन्तर रूपमा प्रभावित हुन्छन्। तपाईं आफूलाई मन पर्ने सामग्री जति सुन्नुहुन्छ र तपाईं एपहरू जति चलाउनुहुन्छ हामीलाई तपाईं आफूलाई गरिने सिफारिसहरूको त्यति नै मज्जा लिनुहुन्छ भन्ने लाग्छ।

हामी तपाईंलाई आफूलाई गरिने सिफारिसहरूमा कुन सामग्री देखिन्छ र तपाईं कुन सामग्री कम देख्न चाहनुहुन्छ भन्ने बारेमा विभिन्न तरिकाले प्रभाव पार्ने र प्रतिक्रिया दिने अवसर पनि दिन्छौँ। केही उदाहरणहरू तल सूचीबद्ध गरिएका छन्:

  • रुचिसम्बन्धी प्रोफाइलबाट हटाउने सम्बन्धमा : तपाईंले आफ्नो रुचिसम्बन्धी प्रोफाइलबाट कुनै प्लेलिस्ट हटाउनुभयो भने उक्त प्लेलिस्टले तपाईंलाई भविष्यमा गरिने सिफारिसहरूमा कम प्रभाव पार्ने छ।
  • सिफारिसहरूका बारेमा प्रतिक्रिया दिनेसम्बन्धमा: तपाईंले Spotify मा भएको सिफारिसका हकमा [not interested/thumbs down] मा ट्याप गर्नुभयो भने तपाईंलाई यससँग मिल्ने अझ कम सिफारिसहरू दिइने छ।
  • अश्लील सामग्रीको फिल्टर: तपाईंले अश्लील सामग्री अफ गर्नुभयो भने अश्लील भनी ट्याग गरिएका सबै सामग्रीलाई मधुरो बनाइने छ र तपाईं सो सामग्री प्ले गर्न सक्नु हुने छैन।

कतिपय अवस्थामा, तपाईं आफूले सबैभन्दा बढी हेर्न चाहेको सामग्रीका आधारमा आफूलाई गरिने सिफारिसहरू व्यवस्थित र फिल्टर गर्न पनि सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं आफ्नो होम पेज पोडकास्ट मात्र देखिने गरी वा सङ्गीत मात्र देखिने गरी फिल्टर गर्न सक्नुहुन्छ।

व्यापारिक रूपमा ध्यान दिनु पर्ने कुराहरूले सिफारिसहरूलाई कसरी प्रभाव पार्छन्?

Spotify ले सामग्री सिफारिस गर्दा श्रोताहरूको सन्तुष्टिलाई प्राथमिकता दिन्छ। केही अवस्थाहरूमा सामग्रीको लागत वा हामी यसलाई मनिटाइज गर्न सक्छौँ कि भन्ने कुरा जस्ता व्यापारिक रूपमा ध्यान दिनु पर्ने कुराहरूले हाम्रा सिफारिसहरूलाई प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, Discovery Mode ले कलाकार र लेबलहरूलाई उनीहरूको प्राथमिकतामा रहेका गीतहरू पहिचान गर्ने अवसर दिन्छ र हाम्रो प्रणालीले पर्सनलाइज गरिएका सामग्री सुन्ने सत्रहरूको सामग्री निर्धारण गर्ने एल्गोरिदमहरूमा ती सङ्केतहरू समावेश गर्छ। कुनै कलाकार वा म्युजिक लेबलले कुनै गीतका हकमा Discovery Mode अन गर्दा Spotify ले प्लेटफर्मको Discovery Mode सक्रिय हुने क्षेत्रमा उक्त गीत स्ट्रिम गर्दा त्यसबाट कमिसन लिन्छ (हाम्रा सम्पादनसम्बन्धी प्लेलिस्टहरूमा Discovery Mode सक्रिय हुँदैन)। यो सङ्केतले चयन गरिएका गीतहरू सिफारिस हुने सम्भावना बढाउँछ तर यसको ग्यारेन्टी भने गर्दैन। हामी श्रोताहरूले मज्जा लिने उच्च सम्भावना भएका गीतहरू मात्र सिफारिस गर्छौँ। हामी सबै सिफारिसहरू जस्तै — Discovery Mode मा आउने गीतसहित— श्रोताहरूलाई मन नपर्ने गीत का बारेमा विशेष ध्यान दिन्छौँ र यसैका आधारमा उनीहरूलाई भविष्यमा कस्ता खालका गीतहरू सिफारिस गर्ने भन्ने कुरा निर्धारण गर्छौँ।