सुरक्षा र गोपनीयता केन्द्र

Spotify मा चुनावको सत्यनिष्ठा

Spotify भनेको तपाईंलाई मन पर्ने नयाँ क्रिएटर खोज्ने, तपाईंलाई मन पर्ने कलाकारको नयाँ गीत भेट्टाउने वा तपाईंलाई एकदमै नयाँ अनुभव प्रदान गर्ने अडियोबुकको आनन्द लिने ठाउँ हो। हाम्रो प्लेटफर्ममा रहेका अधिकांश सामग्री लाइसेन्स प्राप्त भए तापनि निर्वाचन जस्ता संवेदनशील कार्यक्रमहरूका दौरान फैलिन सक्ने सामग्रीका बारेमा हामी सचेत र सतर्क छौँ। हामी रचनात्मक अभिव्यक्तिका पक्षधर हौँ र हामी सदैव थुप्रै किसिमका सामग्री प्रस्तुत गर्दछौँ तर यसका केही सीमा तथा नियमहरू भने रहेका छन्।

महत्वपूर्ण विश्वव्यापी घटनाहरूका बेलामा हाम्रो प्लेटफर्मको सुरक्षा गर्नु हाम्रा टोलीहरूको प्रमुख प्राथमिकता हो र हामीले हाम्रो दृष्टिकोण विकास र परिमार्जन गर्न वर्षौँ खर्चिएका छौँ। निर्वाचनहरू अनलाइन र अफलाइन दुवैमा विशेष रूपमा संवेदनशील समय हुन् र हाम्रो मुख्य ध्यान भनेको हाम्रा श्रोता, क्रिएटर र विज्ञापनदाताहरूलाई हाम्रा उत्पादनहरूको आनन्द लिन दिँदै सधैँ जोखिम कम गर्ने हो।

कुनै देशको चुनावका बेलामा हुन सक्ने हानिका प्रकारहरू बुझ्न हामी बजारमा Spotify को उपस्थिति, मत दान अवधिमा हुने क्षतिको ऐतिहासिक उदाहरण र प्लेटफर्ममा जोखिमहरू बढाउन सक्ने उदीयमान भू-राजनीतिक कारकहरूसहित विभिन्न सङ्केतकहरूका बारेमा विचार गर्छौँ। हामी विशेष गरी Spotify प्लेटफर्ममा अडियो सामग्रीले समस्याहरू निम्त्याउन्न सक्ने निश्चित देशहरू जस्ता सान्दर्भिक कारकहरू पनि ख्याल गर्छौँ।

हामी निरन्तर रूपमा यस्ता कारकहरूको निगरानी गर्छौँ र हामीलाई यसबाट प्राप्त हुने जानकारी हामी हाम्रा नीति तथा मार्गनिर्देशनहरू समायोजन गर्न, उत्पादनका सुविधाहरू कस्टमाइज गर्न र हामी अतिरिक्त स्रोत र/वा तेस्रो पक्षीय इनपुटहरूबाट कहाँ-कहाँ लाभ लिन सक्छौँ भन्ने कुरा निर्धारण गर्न प्रयोग गर्छौँ। अन्ततः, हाम्रो सधैँको मुख्य ध्यान भनेको जोखिम कम गर्दै हाम्रा श्रोता, क्रिएटर र विज्ञापनदाताहरूलाई हाम्रा उत्पादनहरूको आनन्द लिन दिनु हो।

प्लेफर्मका नियमहरू

Spotify मा राजनीतिक वा समाचारसँग सम्बन्धित छलफल गर्न पाइए तापनि कस्तो खालको सामग्रीका बारेमा छलफल गर्न पाइन्छ र कस्तो खालको सामग्रीका बारेमा छलफल गर्न पाइँदैन भन्ने कुराका मापदण्डहरू तय गर्न हामीले प्लेटफर्मका नियमहरू बनाएका छौँ। यी नियमहरू Spotify प्लेटफर्ममा बएका सबैलाई लागू हुन्छ र यिनको उल्लङ्घन हुँदा हामी सधैँ कारबाही गर्ने छौँ।

हाम्रा प्लेटफर्मका नियमहरूमा चुनावी प्रक्रियाहरूमा अनुचित प्रभाव पार्ने वा हस्तक्षेप गर्ने प्रयास गर्ने सामग्रीलाई प्रतिबन्ध लगाइएको छ भन्ने कुरा स्पष्ट रूपमा बताइएको छ। यस्ता सामग्री अन्तर्गत मतदाताहरूलाई मतदानमा सहभागी हुन निरुत्साहित गर्न वा रोक्न सक्ने गरी चुनावी प्रक्रियाहरूको गलत व्याख्या गर्ने तथा मतदातालाई चुनावमा सहभागी नहुन धम्की वा दबाब दिने उद्देश्यले बनाइएका भ्रामक सामग्री पर्दछन्।

विशेषज्ञसँग साझेदारी

विश्वभरका निर्वाचनहरूका जोखिम र क्षेत्र फरक-फरक हुन सक्छन् र यस्ता जोखिमपूर्ण अवस्थाहरूमा फैलने हानिकारक प्रवृत्तिहरू प्रायः जटिल र स्थानीय क्षेत्रहरूमा केन्द्रित हुन्छन्। हाम्रो विश्वव्यापी विशेषज्ञता र पत्ता लगाउने क्षमताहरू बढाउनका लागि Spotify ले 2022 मा Kinzen कम्पनी प्राप्ति गर्‍यो। यसले गर्दा हामीले विभिन्न भाषाहरूमा र गलत सूचना र घृणास्पद भाषण जस्ता प्रमुख नीतिगत क्षेत्रहरूमा व्यापक, निरन्तर अनुसन्धान गर्न पाएका छौँ। हाम्रो अनुसन्धानलाई "स्पटलाइट" नामक एक अग्रणी टुलले सहायता प्रदान गरेको छ, यसलालाई पोडकास्ट जस्तो लामो अवधिको अडियो सामग्रीमा हुने सम्भावित जोखिमहरू छिटो पहिचान गर्न विशेष रूपमा तयार पारिएको छ।

यसका साथै, हामी गलत जानकारी, घृणायुक्त अभिव्यक्ति र हिंसात्मक अतिवाद जस्ता सामान्यतया चुनावका बेलामा देखा पर्ने खास प्रकारका जोखिमका बारेमा जानकार विशेषज्ञसँग मिलेर काम गर्छौँ। यस्ता विशेषज्ञहरूमा हाम्रो विश्वव्यापी Spotify Safety Advisory CouncilInstitute for Strategic Dialog पर्दछन्, जसका सहायताले हामी नयाँ नयाँ ट्रेन्ड र जोखिम न्यूनीकरणसम्बन्धी रणनीतिहरूलाई नियन्त्रण गर्न सक्छौँ।

उत्पादनमा भएका स्रोतहरू

हामी मुख्य चुनावको समयमा स्वतन्त्र नागरिक र सामुदायिक संलग्नतालाई पनि प्रोत्साहन गर्छौँ। यो कार्य श्रोताहरूलाई निर्वाचनको अवधिमा भरपर्दो, स्थानीय जानकारीसँग जोड्न केन्द्रित हुन्छ। हामी हाम्रा मार्गनिर्देशनहरू उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न एल्गोरिदमिक र मानव छनौटको संयोजनको लाभ उठाउँछौँ र सम्भावित रूपमा तोडमोड गरिएको वा खतरनाक जानकारीलाई रोक्न हाम्रा सिफारिसहरू बदल्न सक्छौँ।

केही अवस्थामा, हामी हाम्रो प्लेटफर्ममा सञ्चालन गर्ने स्वतन्त्र नागरिक संलग्नता अभियानहरू अन्तर्गत हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूको राजनीतिक सम्बद्धता जे भए पनि आफ्नो आवाज सुनाउन प्रोत्साहित गर्दै मतदानसम्बन्धी विश्वसनीय जानकारी पनि सेयर गर्छौँ। यी अभियानहरूका क्रममा, हाम्रा विश्वव्यापी र स्थानीय टोलीहरूले समयसापेक्ष, समसामयिक र सान्दर्भिक सामग्री सिर्जना गर्न मिलेर काम गर्छन् जसले मानिसहरूलाई कसरी नाम दर्ता गराउने र कहाँ मतदान गर्ने भन्ने कुरा बुझाउँदै मतदानका बेला देखा पर्ने बाधाहरू पार गर्न मद्दत गर्दछन्।

हामीले हाम्रा प्रयासहरू सुरु गरेदेखि यी क्याम्पेनहरूले प्रापकहरूलाई उनीहरूको मतदाता स्थिति जाँच्न, मतदान गर्नका निम्ति दर्ता गर्न वा उनीहरूको स्थानीय चुनावका बारेमा थप जान्न मद्दत गरेर लाखौँ जनाले नागरिक संलग्नतासम्बन्धी स्रोतहरू हेरेका छन्।

राजनीतिक विज्ञापन

Spotify ले हाल संयुक्त राज्य अमेरिका र भारतसहित सीमित बजारहरूमा Spotify Audience Network मार्फत निश्चित तेस्रो-पक्षीय पोडकास्टमा राजनीतिक विज्ञापनहरू देखाउन दिन्छ।

Placed Spotify Audience Network र Spotify को निःशुल्क, विज्ञापनसहितको सेवाको सूचीमा राजनीतिक विज्ञापनहरू राख्न सकिन्छ। राजनीतिक विज्ञापनहरू चलाउनका लागि खाता अनिवार्य रूपमा योग्य हुनु पर्छ र खातावालाले विज्ञापनदाता पहिचान पुष्टि प्रक्रिया पूरा गर्नु पर्छ। राजनीतिक विज्ञापनहरू हाम्रो स्वमं सेवा मार्फत Spotify Ad Studio मार्फत गरिने खरिदका लागि उपलब्ध हुँदैनन्।

यसका साथै, हाम्रो नियमअनुसार राजनीतिक विज्ञापनहरूमा वास्तविक वा यथार्थवादी देखिने व्यक्ति वा घटनाहरूको चित्रण गर्ने आर्टिफिसियल इन्टेलिजेन्स टुलहरूको प्रयोगबाट बनाइएको वा सम्पादन गरिएको मिडियासहित कुनै पनि कृत्रिम वा तोडमोड गरिएको मिडियाको प्रयोगका बारेमा स्पष्ट रूपमा खुलाउनु पर्ने हुन्छ। यो खुलासा अनिवार्य रूपमा विज्ञापनमा समावेश गरिनुका साथै स्पष्ट रूपमा र सहजै बुझ्न सकिने हुनु पर्छ।

खास बजारहरूमा उपलब्ध गराइने राजनीतिक विज्ञापनहरूका बारेमा थप कुरा पढ्न र तपाईंलाई हाम्रा नीतिहरूको उल्लङ्घन गर्छ जस्तो लाग्ने विज्ञापनहरूका बारेमा थप जान्न कृपया Spotify को राजनीतिक विज्ञापनसम्बन्धी सम्पादकीय नीतिहरू हेर्नुहोस्।